Home समाचार प्रसाईलाई नजरबन्दमा राखिएको छैन: गृह प्रशासन

प्रसाईलाई नजरबन्दमा राखिएको छैन: गृह प्रशासन

11
0

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नजरबन्दमा नराखिएको स्पष्ट पारेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका  प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रसाईंलाई नजरबन्दमा नराखिएको बताउनु भएको हो ।

प्रसाई काठमाडौ छिरेदेखि नै गृह प्रशासनले सुरक्षा दिइराखेको र उहाँको सुरक्षाका लागि घरमा पनि सुरक्षा प्रदान गरिएको प्रजिअ बस्नेतले बताउनु भयो ।

‘उहाँको सुरक्षा चुनौती विश्लेषण गरेर घरमा पनि सुरक्षा प्रदान गरिएको हो। नजरबन्द गरिएको छैन। उहाँले अफवाह फैलाइरहनु भएको छ र कानुनलाई चुनौती दिइराख्नु भएको छ।’ बस्न्नेतले भन्नु भयो ।

यसअघि आज विहान प्रसाईंले घरमै केहि मिडियाँ बोलाएर आफूलाई घरबाट बाहिर जान नदिइएको नजरबन्दमा राखिएको बताउनु भएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल
Previous articleसबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पार्टी काँग्रेस मात्र हो- महामन्त्री थापा
Next articleशिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछः अर्थमन्त्री डा. महत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here