सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पार्टी काँग्रेस मात्र हो- महामन्त्री थापा

अर्घाखाँची- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्र रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकको स्वतन्त्रता नै समाजको परिवर्तनको सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो ।
नागरिक स्वतन्त्र भएनन् भने त्यो समाजले परिवर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा काँग्रेस पार्टी अगाडि बढेको जानकारी दिनुभयो ।
“नेपाली काँग्रेसले सङ्कल्प गर्नुपर्छ । काँग्रेस हामी बदल्छौँ। बदलिएको काँग्रेसले नेपाललाई थप बलियो बनाउने हो । नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नुपर्छ । देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पार्टी कांँग्रेस मात्र हो”–उहाँले भन्नुभयो ।
हिन्दू धर्मलाई कसैले पछाडि पार्न नसक्ने उल्लेख गर्नुहुँदै महामन्त्री थापाले यो कसैले हल्लाएर नहल्लिने बताउनुभयो । कुनै पाखण्डले हिन्दू धर्म खतरामा छ भन्दैमा कसैको पछाडि लाग्न नहुने उहाँको भनाइ थियो ।
काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले परिवर्तनको लडाइमा कांग्रेसको भूमिका पहिलो भएको बताउनुभयो । काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले लोकतन्त्रमा नेताहरु झुपडीमा बस्ने र जनता महलमा बस्नुपर्नेमा अहिले नेताहरु महलमा बस्ने र जनताले सिटामोल नपाउने अवस्थाले असन्तुष्टि बढेको बताउनुभयो । कांग्रेसले सबै जनतालाई महलमा बसाउन चाहेको उहाँको भनाई थियो ।
काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले लोतन्त्रको रक्षाका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताउनुभयो । उहाँले नेपाली जनताको लामो इतिहास र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र जोगाउन कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातान्त्रिक आचरणअनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सृजना गर्न जरुरी रहेको बताउनुभयो ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’