उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा बलसँगको भएको सङ्घर्षमा आठ आतङ्कवादीको मृत्यु

पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्कवादीहरूबीचको झडपमा आठ आतङ्कवादी मारिएको सेनाले बताएको छ ।
सुरक्षा बलले प्रान्तको दक्षिणी बाजिरिस्तान जिल्लाको सारारोघा इलाकामा गुप्तचरमा आधारित कारवाही गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले आइतबार राति विज्ञप्ति जारी गर्दै बताएको छ ।
“कारबाहीका क्रममा सैनिक र आतङ्कवादीहरूबीच तीव्र गोली हानाहान हुँदा आठ आतङ्कवादी मारिए”, कारवाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको उल्लेख गर्दै आइएसपिआरले भनेको छ ।
मारिएका आतङ्कवादीहरू सुरक्षा बलका साथै निर्दोष नागरिकविरुद्ध आतङ्कवादी गतिविधिमा सक्रियरूपमा सामेल भएको विज्ञप्तिमा उल्लेख छ । उक्त क्षेत्रमा आतङ्कवादीहरूको अस्तित्वलाई समाप्त पार्नका लागि यस्ता कारवाहीहरू सञ्चालन भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार ०९:२६स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
समाचार२०८२ पुष ११, शुक्रबार १९:४९नौ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
समाचार२०८२ पुष ११, शुक्रबार १८:२८छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा
कला, विचार/मनोरञ्जन२०८२ पुष ११, शुक्रबार १४:५७दिनेश डिसी र दीपाश्रीद्धारा छैटौँ रश्मिलाज फेसियल हाउस हात्तिगौडा शाखा उद्धघाटन








