शंकर घिमिरेको ‘तेल भिसा’ मा विपिन र वर्षा

काठमाडौँ। शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘तेल भिसा’ मा कलाकार फाइनल भएका छन् । कलाकारसँगै चलचित्रले प्रदर्शन मिति समेत घोषणा गरेको छ। चलचित्रमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहनेछ ।
विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं सिनेमाका निर्माता हुन्।
चलचित्र नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ। सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको चलचित्र चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ। ‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ। सुशन प्रजापतीले खिच्ने चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









