दया, सौगात र उपासनाको ‘हात्तीछाप’ को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । चलचित्र ‘२ नम्बरी’को सफलतापछि सोही टिमले निर्माण गरेको चलचित्रमा दया र सौगात एकसाथ देखिन लागेका हुन् ।
सार्वजनिक टिजरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । टिजरमा चलचित्रका अधिकांश कलाकार अटाएका छन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी र उत्तम(बौवा)को अभिनय छ ।
टिजरमा दया र उपासनाको प्रेम, सौगातको राजा अवतारलाई देखाइएको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ ।
चलचित्र माघको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रले सामाजिक र राजनीतिक कथालाई रोचक तरिकाले भनेको निर्माणपक्षले बताएको छ ।
रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएकोचलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रका प्रोडक्शन हेड सुरज आचार्य हुन् । चलचित्रमा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो चलचित्रलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १९:५४पारिवारिक कथा बोकेको ‘मालती मंगले’को ट्रेलर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १२:३१साउन्डमिल क्रिएसनमार्फत ‘नत तिम्रो’ सार्वजनिक
समाचार२०८३ बैशाख १४, सोमबार ०७:४८बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार२०८३ बैशाख १४, सोमबार ०६:३८नेत्रावती डवजोङमा महिलाका लागि दुई महिने सिलाई–कटाई तालिम सुरु








