‘हिटम्यान’ को पोस्टर र टिजर सार्वजनीक

काठमाडौ । नेपाली चलचित्रलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म ‘हिटम्यान’ को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं, पोखरा, भारत, फ्रान्सको पेरिस तथा दुवईमा खिचिएको छ ।
आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने चलचित्रको अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने चलचित्रका निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए । चलचित्र नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन । पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् ।
चलचित्रमा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । आँचलले तेलगू सिनेमा भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् ।
99 सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको सिनेमामा दिपक अधिकरी निर्माता र सन्नी लावती सहनिर्माताको रुपमा रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








