विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४९ प्रतिशत फेल, ६ जनाको नतिजा रोक्का

काठमाडौं, मंसिर १८ । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । मेडिकल काउन्सिलले सार्वजनिक गरेको नतिजामा ९४ जना उत्तीर्ण भएका छन् ।
काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागी रहेका थिए ।
उनान्नब्बे जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएका ६ जनाको नतिजा रोका भएको काउन्सिलले उल्लेख गरेको छ ।
यसअघि साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १८:५५डिजिटल प्रतिभालाई सम्मान गर्न ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, ५०० बढीको सहभागिता
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १६:०२भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी









