सोती घटनामा संलग्न २४ जनालाई जन्मकैदको फैसला

काठमाडौं- जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटना प्रकरणका २४ अभियुक्तहरुलाई जन्म कैदको फैसला सुनाएको छ । पुर्पक्षमा रहेका २३ जना र बाहिर रहेका एक जना गरी घटनाका २४ जना आरोपीलाई जन्मकैदको फैसला सुनाएको हो ।
उनिहरुलाई जातीय भेदभाव तथा छुवाछुतको कसुरमा सजाय गरिएको जिल्ला अदालत रुकुमका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले नेपाल टिभी अनलाइनलाई जानकारी दिनु भयो ।
जन्मकैदको सजाय पाएका २४ जना मध्ये एक जना नावालक रहेको र उनले पाउने सुविधाका सम्वन्धमा फैसालको पूर्ण पाठमा आउने कोइरालले जानकारी दिनु भयो । यस कसुरमा आरोपित ८ जनाले भने सफाइ पाएका छन् ।
२०७७ जेठ १० गते अन्तरजातीय प्रम सम्वन्धका विषयलाई लिएर जाजरकोटका भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार‚ गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको सोतीका गैरदलित समुदायको भीडले घरेलु हतियारले आक्रमण गरेपछि ६ जनाको मृत्यु भएको थियो । यस घटनाका सम्वन्धमा अध्ययन गर्न गठित संसदीय समितिले घटनाको मुख्य कारण जातीय विभेदबाट सुरु ठहर गरेको थियो ।
संसदीय छानबिन समितिले घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनको निश्कर्ष :
समितिले तयार पारेको प्रतिवेदनमा ‘प्रेम सम्बन्ध अन्तरजातीय भएकोले केटीका अभिभावक र आफन्तहरुले केटा कथित तल्लो जातको भएकोले अस्वीकार गरेको तसर्थ यो घटना जातीय भेदभाव तथा छुवाछुतको कारणले भएको निश्कर्ष निकालिएको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०३सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
समाचार२०८२ भाद्र ५, बिहीबार १८:५६नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मङ्सिरमा हुने