अनुषा भइन दशौँ मिसेस हिमालयन नेपाल

काठमाडौँ। ओखलढुंगाकी अनुषा कार्कीले ‘मिसेस हिमालयन नेपाल २०२३’ को ताज पहिरीन सफल भएकी छिन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित आइतबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रमको दसौँ संस्करणको बिजेता अनुषा बन्न पुगेकी हुन् । नेपाली सौन्दर्य प्रतियोगीताको इतिहासमा अनवरत सन्चालित कार्यक्रममध्ये एक मिसेस हिमालयन नेपाल विवाहित महिलाहरूको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगीता हो । कार्यक्रमको फस्ट रनर अपमा अनिषा घजु र सेकेन्ड रनर अपमा राज्यलक्ष्मी कर्माचार्यले आफ्नो स्थान सुरक्षित राख्न सफल भएका छन् ।
सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सन्चालित सो कार्यक्रममा एक दर्जन प्रतियोगीहरूले दुइ साता सम्म ब्यक्तित्व विकास वोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक, वौद्धिक विकाश लगायतका विविध बिषयमा तालिम लिइ पारगत रुपमा आफुलाई स्टेजमा उतारेका थिए । स्टेजकी अभिनेत्री समेत रहेकी कोरीयोग्राफर सुब्बाले प्रतियोगीहरूलाई ‘मलाइ आँखैको परेलीमा’ बोलको गीतमा सुन्दर नृत्य समेत गराएकी थिइन । परिचय चरण, प्रश्नोत्तर चरण, लिखीत चरण र क्राउनिङ चरणहरूमा सम्पूर्ण प्रतियोगीहरूले आफुलाई प्रमाणित गर्ने कोशिस गरेका थिए ।
अभिनेता तथा चलचित्रकर्मी सिमान्त उदास, अभिनेत्री मोडल शुष्मा अधिकारी, मोडल तथा मिस्टर ह्यान्डसम नेपाल अभिषेक खड्का, मिसेस मंगोल नेपाल २०२३ सरीता गुरुङ निर्णायक मण्डल रहेको सो कार्यक्रममा कलाकारहरूले चिक्ताकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विविध सवटाइटलहरू समेत वितरण गरिएको थियो जसमा अनुषा कार्की मोस्ट एट्राक्टीभ, अनिषा घजु मोस्ट एयाक्टीभ, राज्यलक्ष्मी कर्माचार्य मोस्ट डाइनामिक, मोस्ट करिज्म्याटीक पन्चु लिम्बु, मोस्ट स्मार्ट रोज खड्गी, मोस्ट सिन्सियर मन्जीला राई, मोस्ट अनेष्ट शुष्मा रसाईली, मोस्ट इनर्जेटिक जयन्ति डंगोल, मोस्ट डिलिजेन्ट शुमित्रा तामाङ, वेष्ट फोटोजेनीक सुनु थापा, मोस्ट डिलाइटफुल कृष्णा श्रेष्ठ, मोस्ट पपुलर पन्चु लिम्बु, पब्लिक च्वाईस भिडियो अवार्ड मन्जीला राईले हात पार्न सफल भएका थिए । विवाहित महिलाहरूको क्षमता, प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको आयोजक पक्षले जनाएको छ । कार्यक्रमको सन्चालन रोजिन शाक्यले गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
समाचार२०८२ पुष १३, आईतवार १९:३५डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १३, आईतवार १५:११गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल








