एशियाली गेममा स्वर्ण पदक विजेता खेलाडी कार्कीलाई सम्मान

काठमाडौँ। एशियाली गेममा स्वर्ण पदक विजेता खेलाडी किशोर कार्कीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ। कार्कीले मसल मेनिया,एसियन लेभल अन्तररास्ट्रीय बडीबिल्डिंग कम्पिटिसनमा नेपालका लागी स्वर्ण पदक जितेका हुन्। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बुले कार्कीलाई सम्मान गरेका हुन्। खरेल अर्गनाइजेसनको आयोजनमा भएको कार्यक्रममा थुप्रै खेलाडी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो। केहि दिन अघि भारतमा सम्पन्न एशियाली गेममा १६ रास्ट्रका खेलाडीहरुको सहभागिता रहेको थियो।
खेल र खेलाडीको लागि संधै केही न केही गरि रहने योजना अनुसार खरेल अर्गनाइजेसनले विभिन्न इभेन्टहरु गरि रहने गर्दछ । ‘नेपाली खेलाडीले धेरै नै परिश्रम र मेहनतले गर्दा नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्ने गरेका हुन्’ सज्ञान खरेलले कार्यक्रममा बोल्ने क्रममा बताए । लामो समय देखि खेल क्षेत्र संगै विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेको खरेल अर्गनाइजेसनले खेलाडीहरुको प्रोत्साहनका लागि थुप्रै कार्यहरु गर्दै आइ रहेको छ।
प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बुले कार्यक्रममा बोल्दै खेल क्षेत्र र खेलाडीको लागी काम गर्नको लागी मन्त्रालय संधै तत्पर रहेको बताए। उनले भने ‘ खेलाडीलाई सुबिधा दिने नीति अपुरो रहेछ,आफू मन्त्री भएर आएपछि नीति संसोधन गर्ने काम भएको र खेल संग सम्बन्धित संघका पधाधिकारीहरुले मन्त्री र मन्त्रालयलाई घचघचाई रहनु पर्ने बताए । सबै मिलेर गर्यो भने खेल क्षेत्रमा धेरै गर्न सकिने रहेछ सरकारले मात्र गरेर नसकिने रहेछ उनले बताए । बिस्तारै नेपाली खेल क्षेत्रले फड्को मार्दै गएको र खेलाडीले पाउनु भएको दुख र समस्याको बारेमा मन्त्रालयमा सुझाव दिन उनले अनुरोध पनि गरे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण ४, सोमबार ०३:५६अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो दोस्रो पटक विश्वकप च्याम्पियन
समाचार२०८३ श्रावण ३, आईतवार २०:१९धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ
सूचना-प्रविधि२०८३ श्रावण ३, आईतवार १४:२७फेसबुकमा देखियाे समस्या
खेलकुद२०८३ श्रावण ३, आईतवार १२:१२मेसी र यामालको क्रेजमा फिफाको अर्बौँको व्यापार









