काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ र उदय सुब्बा निर्देशित ‘दुई कदम’ रहेका छन् ।
चलचित्र ‘जम्प’मा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय रहेको छ ।
साइको थ्रिलर फिल्म ‘जम्प’ को कथा निर्देशक कार्कीले नै लेखेका हुन्। यस फिल्मको गत आइतबार गरिएको थियो । प्रिमियरपछि धेरैले फिल्म भिन्न शैलीमा बनेको र हलिउड फिल्ममा रुचि राख्नेका लागि यो विशेष रुचीकर हुनसक्ने प्रतिक्रिया दिएका थिए । उनीहरुले फिल्मको शैली फरक रहेको र ध्यान दिएर हेर्नुपर्ने बताएका थिए । यस फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ ।
‘दुई कदम’ मा मुख्य अभिनेता तथा अभिनेत्री नयाँ छन् । जसमा इओन लिम्बु र सिमोन गिरीको लभ स्टोरीलाई मुख्य रुपमा देखाइएको छ । चलचित्रमा इओन र सिमोनको साथमा सुनील थापा, गौरव पहारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किरातीको द्वन्द्व निर्देशन छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ कार्तिक ९, शुक्रबार १४:०६चापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा सुरु
- समाचार२०८१ कार्तिक ४, आईतवार १२:२६पर्यटकहरुको पदयात्राको आकर्षक गन्तव्य हिमलुङ् हिमाल
- कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता
- समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित