मनहरीमा जङ्गली हात्ती आतङ्क

मकवानपुर- मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ ।
गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गए राति नै स्थानीय राम बहादुर तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको छ ।
हात्तीकोे आतङ्क पछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति भने नभएको प्रनाउ भण्डारीले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २८, शनिबार १३:३३निवर्तमान मन्त्री साह पत्नी नियुक्ति प्रकरण-‘जनस्वास्थ्य प्रशासक र बोर्डका निर्देशकलाई सोध्यो स्पष्टीकरण’







