मनहरीमा जङ्गली हात्ती आतङ्क

मकवानपुर- मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ ।
गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गए राति नै स्थानीय राम बहादुर तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको छ ।
हात्तीकोे आतङ्क पछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति भने नभएको प्रनाउ भण्डारीले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ४, शनिबार १०:४१पार्टी फुटेको छैन,नयाँ सभापतिलाई मेराे बधाई छ -सुजाता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १०:३९पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति
समाचार२०८२ माघ ४, शनिबार ०८:०६निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता






