सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त

काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गर्नुभएको हो ।
सर्वोच्चमा नियुक्त हुनुभएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल हुनुहुन्छ ।
नवनियुक्त न्यायाधीहरूमध्ये सुवेदी, मुलसमान, शर्मा र ढुङ्गाना उच्च अदालतमा कार्यरत हुनुहुन्थ्यो भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो । यसअघि आजै संसदीय सुनुवाइ समितिले उहाँहरुको नाम अनुमोदन गरेको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास