सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त

काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गर्नुभएको हो ।
सर्वोच्चमा नियुक्त हुनुभएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल हुनुहुन्छ ।
नवनियुक्त न्यायाधीहरूमध्ये सुवेदी, मुलसमान, शर्मा र ढुङ्गाना उच्च अदालतमा कार्यरत हुनुहुन्थ्यो भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो । यसअघि आजै संसदीय सुनुवाइ समितिले उहाँहरुको नाम अनुमोदन गरेको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २४, आईतवार ००:२२हुम्लामा कांग्रेसका रोकाया विजयी
समाचार२०८२ फाल्गुन २३, शनिबार १६:५२लमजुङमा रास्वपाका केसी विजयी
समाचार२०८२ फाल्गुन २३, शनिबार १६:४१चितवन–३ मा रास्वपाकी गौतम विजयी
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २३, शनिबार १५:२४अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना हुँदै







