बाघको आक्रमणबाट बालकको मृत्यु

बर्दिया – बर्दियामा पाटेबाघको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका–४, बैरिया गाउँ बस्ने रामशंकर थारुको छोरा अन्दाजी १०/११ बर्षका सुमित थारुको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
शनिवार दिउँसो अन्दाजी १२.३० बजे बबई नदीमा नुहाउन गएका बेला स्थानीय जिरा सामुदायिक वनमा बाघको आक्रमणमा परी बालक घाइते भएका थिए । घाइते बालकलाई उपचारको लागि आर.सी. थारु मेमोरियल अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
बालकको शबको पोष्टमार्र्टम पछि आफन्तलाई जिम्मा दिने तयारी भएको अर्यालले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट








