पाल्पाको एउटा घरमा आगलागी हुँदा नौ महिने बालिकाको जलेर मृत्यु

पाल्पा- पाल्पाको एक घरमा आगालागी हुँदा नौ महिने बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्यागरुङ्गका टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्लीको रहेको प्रहरीले जनाएको छ ।
खरले छाएको एक तले कच्ची घरमा आगलागी भएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार नौ महिनाकी छोरीलाई घरमा सुताई परिवारका अन्य सदस्य बारीमा काम गर्न गएका बेला गोठमा कुँडो पकाउन सल्काएको आगोबाट अचानक आगलागी भएको थियो ।
आगलागीबाट एउटा भैसी र एउटा बाख्रा पूर्णरुपमा जलेर मरेका छन् भने घर र गोठ पनि पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । आगलागीबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









