विल्सनविक्रमको ‘लाहुरे एण्ड दाउरे’ मा दयाहाङ अनुबन्धित

काठमाडौं । दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर अभिनेता विल्सनविक्रम राईले चलचित्र ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङसँग आइतबार लिखित सहमति भएको छ । विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले चलचित्र बनाउन लागेको हो । चलचित्रको शीर्ष भूमिकामा दयाहाङसँगै विल्सनविक्रम पनि देखिनेछन् । चलचित्रमा अभिनेता बुद्धि तामाङ पनि अनुबन्ध भएका छन् । अभिनेत्री र अन्य कलाकारबारे टुंगो लाग्न बाँकी छ ।
कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको चलचित्रको लेखन तथा निर्देशन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ । विल्सनका अनुसार चलचित्र कमेडी र प्रेमकथामा बन्ने छ । चलचित्रको निर्माता सरिना लामा र डिबी राई हुन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् । २०८१ सालको भदौमा छायांकन गर्ने तयारी रहेको चलचित्रको संगीत अनमोल गुरुङले गर्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








