प्रमोद,आशान्त र मलिकाको नाटक `पगला घोडा´को टिजर सार्वजनिक

काठमाडौँ। पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर सार्वजनिक गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ ।
भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।
नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । मञ्चमा भने कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रूपमा रहेका छन् ।
२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । ‘अनुहार हराएको’ , ‘बिम्बाको सपना’ , ‘यो कुनै बास हो एक’, ‘बेड नम्बर ९९’ , ‘तीन बहिनी’, सोलो म्युजिकल प्रस्तुति`(भरत नाट्यम्) लगायत रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








