हमास विरुद्धको युद्धमा एकैदिन २४१ जनाको मृत्यु, युद्ध महिनौं चल्न सक्ने इजरायली सेना प्रमुखको भनाइ

गाजामा हमास सैन्य समूह विरुद्ध इजरायलले गरिरहेको युद्ध अझै धेरै महिनासम्म चल्न सक्ने इजरायली सेना प्रमुखले बताएका छन् ।
सेना प्रमुख हार्जी हेलेजीले सम्वाददाताहरुसँग कुराकानी गर्दै तत्काल युद्ध समाप्त गर्ने जादुमय समाधान नभएको बताएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार सैन्य अभियान समाप्तिको नजिक नरहेको भन्दै चेतावनी दिनुभएको थियो ।
इजरायलले हिजो एकै दिन १ सयभन्दा बढी स्थानमा आक्रमण गरेको जनाएको छ । इजरायलले मध्य गाजामा स्थल आक्रमण विस्तार गरिरहेको छ ।
हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार ११ हप्ताभन्दा बढीको लडाईका क्रममा गाजामा २० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । इजरायली बमबारीबाट करिब १९ लाख आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
यसैबीच गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको क्षेत्रमा विगत २४ घण्टामा कम्तीमा २४१ जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले ३८२ जना घाइते भएको बताएको छ ।
मन्त्रालयका अनुसार ११ हप्ताभन्दा बढीको लडाईंमा कम्तीमा २० हजार ९१५ प्यालेस्टाइनी मारिएका छन्, जसमा अधिकांश बालबालिका र महिला छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









