कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्पप्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो ।
सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिलाई टाइफाइडविरुद्धको तथा छ महिनादेखि १५ वर्ष उमेर समूहलाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जुम्लामा टाइफाइडविरुद्धको खोप तत्काल दिइने छ भने हुम्ला, मुगु र डोल्पामा केही समयपछि मात्रै दिइने स्वास्थ्य महाशाखाका प्रमुख वृशबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हुम्ला, डोल्पा र मुगुमा अहिले अत्यधिक चिसो भएकाले हिउँद सकिएपछि मात्रै अभियान सञ्चालन गरिने छ ।
सुर्खेतमा मात्रै करिब दुई लाख बढीलाई आजदेखि टाइफाइडविरुद्ध खोप दिन सुरु गरिएको जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार दुई चरणमा गरी १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाख एक हजार नौ सय ६३ लाई खोप दिइने छ ।
पहिलोचरण आजदेखि १५ गतेसम्म सुर्खेतका चिङ्गाड, चौकुने र बराहाताल गाउँपालिका, लेकबेसी र पञ्चपुरी नगरपालिकाका ६६ हजार एक सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने छ ।
दोस्रोचरणमा वीरेन्द्रनगर, भेरीगङ्गा, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाका एक लाख ३५ हजार आठ सय २८ लाई टाइफाइडविरुद्धको खोप दिइने जनस्वास्थ्य प्रमुख गौतमले जानकारी दिए । बाहिरी जिल्लाबाट विभिन्न सिलसिलमा प्रदेश राजधानी वीरेन्द्रनगरमा बसोबास गर्ने नागरिक पनि भएकाले सङ्ख्या केही बढ्नसक्ने उनको भनाइ थियो ।
गर्भवती, एचआइभी सङ्क्रमित, जटिल खालका बिरामीलाई खोप नदिइने गौतमले बताए । उनका अनुसार सुर्खेतभरी पाँच सय ४८ खोप केन्द्रबाट खोप सेवा सञ्चालन गगरिएको छ । खोप अभियानका लागि नौ सय ६० स्वास्थ्यकर्मी र नौ सय ६० स्वयम्सेवक परिचालन गरिएको उनले जानकारी दिए ।
यसअघि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइसकिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ६, बुधबार १०:०५राजस्थान रोयल्ससँग लखनउ ७ विकेटले पराजित
समाचार२०८३ जेष्ठ ६, बुधबार ०७:०५नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार २२:०४जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च
समाचार२०८३ जेष्ठ ५, मंगलवार १८:३५बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ







