नेपाल मेडिकल शिक्षण अस्पतालको प्रवन्ध निर्देशकमा प्रा.डा. अन्सारी नियुक्त

काठमाडौं, १५ पुष । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशक (एमडी) मा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । गत (शुक्रबार) कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामूहिक निर्णयअनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरेको हो ।
वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्षसमेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् । नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्कालगायतले स्वागत गरेका हुन् ।
पदभार ग्रहण गर्दै अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाइमा लैजाने विश्वास दिलाए । उनले कलेजमा रहेका सबैखाले समस्या र चुनौतिहरुलाई सामूहिक रुपमा हल गरिने बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १७, शुक्रबार ०५:३३सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
समाचार२०८२ माघ १६, बिहीबार २२:०३धादिङ महोत्सव सुरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालद्धारा उद्धघाटन
समाचार२०८२ माघ १६, बिहीबार २१:२८उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
समाचार२०८२ माघ १६, बिहीबार १९:००१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र






