अगस्त्यको फर्स्टलुक संगै प्रदर्शन मिति सार्वजनिक

अगस्त्यको फर्स्टलुक संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रका अभिनेता सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पक्का गरिएको हो । चलचित्र फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको फस्टलुकमा सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उनको एक्सन देख्न सकिन्छ । अर्को लुक्समा भने उनी गोरखपुरको रेलवे अगाडि हिडिरहेको देख्न सकिन्छ । यी दुबै लुक्सले सौगात मल्लको भूमिका र उनको अभिनयलाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्ने निश्चित छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए ।

चलचित्रमा सौगातको साथमा नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । तर, निर्माणपक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको हो । फिल्ममा संजय लामाको छायांकन छ ।

चलचित्रलाई डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको हो । चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   9   =  

Protected by Spam Master