चलचित्र ‘दयारानी’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् ।
मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । आगामी माघ २६ गतेबाट चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । अभिनेता माओत्से गुरुङले यही चलचित्रबाट निर्देशनमा डेव्यु गरेका हुन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । चलचित्रमा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । चलचित्रको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । चलचित्रलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग









