झर्ला त माघ १ गते मेलम्चीको पानी काठमाडौँमा ?

काठमाडौँ- आउँदो माघ १ गतेदेखि मेलम्चीको पानी काठमाडौंमा झार्ने लक्ष्य सहित मर्मतको ७० प्रतिशत काम पूरा गरिएको छ ।
पुष ३ गते निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेको २८ दिनभित्र सूरुङमा पानी पठाउन मिल्नेगरी मर्मत गर्ने सम्झौता गरेर कार्य अघि बढाएपछि हालसम्ममा दुई तिहाई भन्दा धेरै काम सकिएको हो ।
हाल काम भइरहेको गतिमै निरन्तर काम हुन पाएको खण्डमा माघ १ गते काठमान्डौमा मेलम्चीको पानी झार्न कुनै समस्या नहुने मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।
पुष ३ गते सिनो हाइड्रो कम्पनीले निर्माणको सम्झौता गरेपछि पुष ५ गतेदेखि काम शुरु गरेको हो ।
यसअघि वर्षायाममा आयोजनाको मुहानस्थल र सुरुङमा बाढीले पुरिएको संरचनाहरुमा हिजोआज गेग्रान पन्छाएर, पाइपहरु सफा गर्ने काम भइरहको छ ।
हाल निर्माण कम्पनीका तर्फबाट दैनिक दुई शिफ्टमा मर्मतको काम भइरहेको छ भने एक शिफ्टमा २५ जना दक्ष कामदारहरु खटाइएको छ । बोर्डको तर्फबाट उपसचिव, इन्जिनिएर लगायत कर्मचारीबाट निगरानीको काम भईरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनुभयो ।
यसैबीच प्रतिनिधि सभाका सांसद, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिवसहितको टोलीले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान लगाएत ठाउँको स्थलगत अवलोकन गरेको छ ।
त्यस क्रममा टोलीले लक्षित समयभित्रै काम सम्पन्न गर्न विकास समिति र निर्माण कम्पनीलाई अनुरोध गर्दै कुनै समस्या परेमा सहयोग गर्ने आश्वासन पनि दिएको छ ।
विसं २०७८ असारमा आएको बाढीले सुरुङमा पानी पथान्तरण हुने मुहानस्थल अर्थात हेडवर्कस्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाउने, सुरुङ भित्रको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ ।
स्थाई रुपमा मेलम्चीको पानी काठमान्डौं ल्याउन सुरुङ शुरु हुने मुख्यस्थल अर्थात हेडवर्क्स नै परिवर्तन गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ ।
हेडवर्क्स परिवर्तन गर्नुअघि अस्थाई रुपमा पानी पथान्तरणका लागि अहिले मर्मतको काम गरिएको आयोजनाले जनाएको छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ असार २०, शुक्रबार ०९:३९बाह्र वर्ष लगाएर खेलमैदान निर्माण « रिपोर्टर्स नेपाल
समाचार२०८२ असार २०, शुक्रबार ०९:०७राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक आज बस्दै
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार ०८:२५‘जनै हराएको मान्छे’ले खोल्नेछ विजय बरालको स्टारडमको अर्को अध्याय?
समाचार२०८२ असार १९, बिहीबार २२:३३पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो