लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

ढोरपाटन (बागलुङ), २३ पुस । निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्दथे ।
गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताए । गाउँमा कोही बिरामी भए तीन घण्टा लगाएर देवीस्थान स्वास्थ्यचौकीमा ल्याएर उपचार गराउने गरेको जनाउँदै अब त्यो समस्या समाधान भएको उनको भनाइ छ ।
“नजिकमा अस्पताल थिएन, गाउँमा कोही बिरामी प¥यो भने बोकेर देवीस्थान पुग्नुपथ्र्यो, कहिले बूढाबूढी बिरामी हुन्छन्, कहिले केटाकेटी बिरामी हुन्छन्, उनीहरुलाई देवीस्थान र बुर्तिबाङ पु¥याउनुको विकल्प थिएन”, उनले भने, “यहाँ ठूलो रोगको उपचार त हुँदैन भन्छन्, तर साना तिना रोग लागे, घाउ चोट लागे नजिकै उपचार गर्न पाइने भयो, ज्वरो आयो, टाउको दुख्यो भने औषधि पनि गाउँ घरमै पाइने सुविधा आयो ।”
लेबाङमा करिब छ सय घरधुरीका छन् । गाउँमा बिरामी परे दिनभरि लगाएर बजार झर्नुपर्ने अवस्था थियो । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले हाल एक जना अहेव र एक जना कार्यालय सहयोगीको व्यवस्था गरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको जानकारी दिए । उनले थप स्वास्थ्यकर्मीसहित जनशक्ति विस्तारै बढाउँदै जाने बताए । एकाइ सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दश लाख विनियोजन गरेको अध्यक्ष घर्ती मगरले बताए ।
उनले भने, “निसीखोलामा अहिलेसम्म दूरदराजका नागरिकले सहजरुपमा सामान्य प्रकारका स्वास्थ्य सेवा पाउन गरेका छैनन्, भौगोलिक विकटता र छरिएको बस्ती हुँदा सबै ठाउँमा एकै पटक सेवा प्रवाह गर्न समस्या हुँदो रैछ, यद्यपि हामीहरु निर्वाचित भएर आएपछि धेरै ठाउँमा स्वास्थ्य सेवा पु¥याएका छौँ, निसेलढोर पनि केही समय अगाडि पु¥यायौँ, अब धेरै ठाउँ छैन, हरेक नागरिकले कम्तीमा आधा घण्टाको दूरीमा सामान्य स्वास्थ्य सेवा पाउने गरि व्यवस्था मिलाएका छौँ ।” रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १५, बुधबार १६:१९नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित
समाचार२०८२ श्रावण १५, बुधबार ११:१४धादिङका गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त
समाचार२०८२ श्रावण १५, बुधबार १०:४४म्याग्दीको गाजनेमा स्याउको परीक्षण उत्पादन सफल – फोटो फिचर
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण १५, बुधबार १०:३५बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार