कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ वारे अमेरिकामा चर्चा

काठमाडौं – विदेशी परिवेश,नेपाली राजनीति सामाजिक चेतना र मनोविज्ञान समेटेर तयार पारिएको पुष्तक पार्श्वधुनवारे अमेरिकामा चर्चा गरिएको छ ।
कृष्ण कुसुमको पार्श्वधुन पछिल्लो समय डायस्पोराबाट नेपाली साहित्यले पाएको उत्कृष्ट कृति भएको समीक्षकहरुले बताउनुभएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज ड्यालस अमेरिकाको आयोजनमा गरेको कार्यक्रममा कथाकार कुसुमले प्रवासी जनजीवनका विषयलाई मिहिन ढंगले उतार्न सफल भएको धारणा वक्ताहरुले व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा समिक्षकको रुपमा लेखक शतिश त्रिपाठीले कथाकारको लेखनलाई झण्डै दुइ दशक देखि नियाल्दै आएको र कुसुमले कथासंग्रहको रुपमा पहिलो संग्रहमा नै उत्कृष्ट पुस्तक दिन सफल भएको बताउनुभयो । उहाँले पुष्तकमा समेटिएका तेह्रै वटा कथाको विषयले आफूलाई छोएको बताउनुभयो ।
पार्श्वधुनका कथा सरल भाषामा लेखिएको आफ्नै वरपरका कथाहरु भएकोले सबै कथामा आफ्नै कुराहरु आएको वक्ता निर्मला राइले बताउनुभयो । लेखकले महिलाको कुराहरु महिलाले जस्तै न्याय गरेकोमा कथाकारलाई धन्यवाद दिदै कुसुमका कथामा प्रयोग गरिएको बिम्बहरुले आफूलाई पूर्वी पहाडको वाल्यकालमा पुराएको स्मरण गर्नुभयो ।
कार्यक्रमका अर्का टिप्पणीकार भिम कार्कीले पार्श्वधुनमा लेखकले प्रमुख चारवटा विषयलाई सजीव रुपमा चित्रण भएको व्याख्या गर्नुभयो । कथाकार कुसुमले विदेशी परिवेश र नेपाली राजनीतिर सामाजिक चेतना र मनोविज्ञान विषयलाई सुक्ष्म तरिकाले उठान गरि बलियो बिषय छनौट गर्नुभएकोमा प्रशंसा गर्नुभयो । ले
खक कुसमले आफू एक असन्तुष्ट पाठक भएकाले यसकालागि आफुले असन्तुष्टि पुरा गर्न अरुले लेख्न छुटाएको बिषयलाई प्रमुख बनाई कथा लेखेको बताउनुभयो । करिब सया जना नेपालीको सहभागिता रहेको कार्यक्रमममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास ड्यालस च्यापटरका उपाध्यक्ष सुमन काजीले गर्नुभएको थियो भने संस्थाका सचिव पवन लामिछानेले स्वागत गर्नुभएको थियो ।
पेशाले इन्जिनियर कुसुम नेपाल आउनुभएको समयमा गत कार्तिक १९ सो पुष्तकको काठमाडौंमा विमोचन गरिएको थियो ।
यसअघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कवितासंग्रह, ‘अञ्जुलीमा अभियन्ता- २’ संयुक्त गजलसंग्रहलगायतका पुस्तक प्रकाशित छन्।
साथै उहाँले ‘परदेशका कथा’ कथासंग्रह र ‘आँगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादनसमेत गरिसक्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न