राष्ट्रियसभा निर्वाचनः उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं- राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । उम्मेदवारहरुले चाहेमा आज नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली हिजो सार्वजनिक गरिएको थियो । मनोनयनपत्र दर्ता गराएका सबै जनाको उम्मेदवारी कायम भएको छ ।
सात वटा प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेका हुन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ५२ जनाकै उम्मेदवारी कायम भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गरेका दुइ जना उम्मेदवार बिरुद्ध उजुरी परेको थियो । तर ति उजुरीका सम्बन्धमा कुनै कार्वाही गर्नु नपर्ने निर्णय सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयले गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले प्राप्त उजुरीमाथी छानविन गरी कार्वाही गर्नु नपर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाका १९ सिटका लागि गत सोमबार सात प्रदेशमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारलाई निर्वाचन चिन्ह भने भोलि प्रदान गरिनेछ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २१, बिहीबार २२:२८प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई
समाचार२०८२ फाल्गुन २१, बिहीबार २०:११धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत
समाचार२०८२ फाल्गुन २१, बिहीबार १८:४५धादिङमा निर्वाचन शान्तिपुर्णः ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान
समाचार२०८२ फाल्गुन २१, बिहीबार १७:०१मतदानको समय सकियो,मतदान केन्द्र भित्र प्रवेश गरेका मतदाताले भने अबेरसम्म मतदान गर्न पाउने








