नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ ।
चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो,”हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।”
नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो,”यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन ।”
आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।”
चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उहाँले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका छन भन्नुभयो । प्रधानमन्त्रीले संस्कृतिक सम्बन्धको गतिलो उदहारणका रुपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गर्नुभयो ।
आफूले हालै गरेको चीनको औपचिारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा हाम्राबीचमा नेपाल चीन सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको उहाँले स्मरण गर्नुभयो
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ कार्तिक १४, बिहीबार १५:५४आइसिसी विश्वकप लिग-२ः नेपालद्वारा युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत
समाचार२०८२ कार्तिक १४, बिहीबार १५:५४आइसिसी विश्वकप लिग-२ः नेपालद्वारा युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १४, बिहीबार १४:४६सुत्केरी हुन अन्यत्र जानुपर्दैन « रिपोर्टर्स नेपाल
समाचार२०८२ कार्तिक १४, बिहीबार ०८:४१गाउँपालिकाद्वारा २ हजार परिवारको सहुलियतमा स्वास्थ्य बिमा








