Home परदेश भारतको गुजरातमा डुङ्गा दूर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु

भारतको गुजरातमा डुङ्गा दूर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु

53
0

पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुङ्गा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

गुजरात राज्यको वडोदराको हर्नी तालमा भएको सो डुङ्गा दुर्घटनाको कारण भने खुल्न सकेको छैन । स्थानीय अधिकारीहरूका अनुसार डुङ्गामा करिब २७ जना सवार थिए ।

डुबेको डुङ्गाबाट सात जनालाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएको प्रहरीले जनाएको छ । उद्धार कार्यमा खटिएका प्रहरीका अनुसार डुङ्गा यात्राका क्रममा पीडितहरूलाई लाइफ ज्याकेट प्रदान गरिएको थिएन ।

गुजरातको राज्य सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ र दुर्घटनामा घाइते भएकाहरूलाई पचास हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleप्रकाश सपुतको ‘समय’ यु ट्युबमा (भिडियो)
Next article‘झोला’ निर्देशकको सुनिल पोखरेल ‘झिल्को’को बाट कमब्याक गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here