‘झोला’ निर्देशकको सुनिल पोखरेल ‘झिल्को’को बाट कमब्याक गर्दै

झोला’बाट निर्देशकको रुपमा अगाडि आएका यादव भट्टराईले ६ वर्षपछि निर्देशनमा कमब्याक गर्ने भएका छन् । सन् २०१८ मा रिलिज भएको फिल्म ‘भोर’पछि उनी निर्देशनमा सक्रिय थिएनन् । अब भट्टराईले फिल्म ‘झिल्को’बाट कमब्याक गर्न लागेका हुन् । बिहीबार साँझ गौशालास्थित गुहेश्वरी मन्दिरमा विशेष पूजाआजासहित शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरियो ।
फिल्म झिल्कोमा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी बाल कलाकार आयुषी ढकाल आदिको मुख्य भूमिका रहनेछ । फिल्म सामाजिक तथा पारिवारिक कथामा बन्न लागेको छ। रंगमञ्चको क्ष्रेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सुनिलले १३ वर्षपछि ‘झिल्को’बाट फिल्ममा कमब्याक गर्न लागेका हुन् । पछिल्लोपटक उनी सन् २०११ मा आएको फिल्म ‘आचार्य’मा देखिएका थिए ।
मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई दीपक बज्रचार्यले छायांकन गर्ने जिम्मेवारी पाएका छन् । निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतको सहयोगमा फिल्मको पटकथा तथा संवादलाई तयार पारेका हुन् । यही माघ २२ गतेदेखि छायांकन सुरु गर्न लागिएको फिल्मले वर्तमान नेपाली समाजको यथार्थ रुपमा चरित्रचित्रण गर्ने निर्देशक भट्टराईले बताएका छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २२, शुक्रबार १६:२०आयोगको आग्रह : मतदाता नामावली दर्ताको प्रचार गरिदिन दलहरूलाई निर्वाचन
समाचार२०८२ कार्तिक २२, शुक्रबार १६:०७सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार १६:०२जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ एकसाथ प्रदर्शन
समाचार२०८२ कार्तिक १८, सोमबार १२:३०आजदेखि कञ्चनपुरमा धान खरिद गरिदै





