‘एक्टर’बाट राजवल्लभको कमब्याक

काठमाडौँ। चलचित्र ‘पर्खि बसेँ तिमीलाई’ हलमा लागिरहँदा अभिनेता राजवल्लभ कोइरालालाई दर्शकले निकै संझिए । चलचित्र ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका यी अभिनेता राम्रैसँग छाए । उनले अभिनय गरेका फिल्मले पनि बक्स अफिसमा राम्रै कमाई गर्दा उनको अभिनयको तारिफ धेरै भयो । चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका लागि राजवल्लभ अमेरिका पुगे । यसपछि, भने उनले नेपाली चलचित्रमा निरन्तरता दिन सकेनन् । अब, उनै अभिनेता चलचित्र ‘एक्टर’बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् ।
प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘एक्टर’मा राजवल्लभ काम गर्न तयार भएका हुन् । निर्माण पक्षले यो चलचित्रमा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेको छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो चलचित्र मा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी छन् । चलचित्रमा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ ।
यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । चलचित्रमा रीत बोहोरा सहयोगी निर्देशकको रुपमा छन् । चलचित्र ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको राजबल्भ कोइरालाले बताएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








