‘पूजार सार्की’ को गीतमा प्रकाश र शान्ति श्रीको स्वर

काठमाडौँ। अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी चलचित्र ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका छन् ।
चलचित्रका निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत गायक सपूतसँगको फोटो शेयर गर्दै गीत रेकर्डिङ भएको जनाएका छन् । उनले गीतको शीर्षक भने खुलाएका छैनन् । लोक शैलीमा तयार हुँदै गरेको सो गीतमा हर्क साउदको शब्द रचना, सुबास भुसालको सङ्गीत तथा हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको राउतले जानकारी दिएका छन् ।
यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् ।
दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउँदा यसले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । ‘प्रसाद’, ‘क्लासिक’, नोभेम्बर रेन’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस चलचित्रलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् ।
माघको मध्यबाट छायाङ्कन सुरु हुने यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । सङ्गीतकार सुबास भुसालले निर्माण गर्दैछन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् ।
भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो । ‘पूजार सार्की‘ किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
राजनीति२०८२ श्रावण २२, बुधबार २०:३९बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण
समाचार२०८२ श्रावण २२, बुधबार १९:००रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण २२, बुधबार १७:४९गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन « रिपोर्टर्स नेपाल
समाचार२०८२ श्रावण २२, बुधबार १७:२७वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा