क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह सहित छ जनालाई पक्राउ गर्न अदालतको अनुमति

सुर्खेत-सुर्खेत जिल्ला अदालतले १५ वर्षअघि सुर्खेतको वीरेन्द्रनगरमा हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गर्न आदेश दिएको छ ।
अदालतले हत्या आरोपमा संलग्न अखिल नेपाल विद्यार्थी युनियन क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित छ जनालाई शुक्रबार पक्राउ गर्न आदेश दिएको हो ।
किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका पञ्चा सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पक्राउ लिएको थियो ।
‘किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध पक्राउ पूर्जी माग गरेका थियौं, अदालतले अनुमति दिएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी योगेन्द्रसिंह थापाले भन्नु भयो, ‘उनीहरुको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका छौं ।’
सुर्खेत सदरमुकाम वीरेन्द्रनगर स्थित जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो । हत्या लगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरुको जाहेरी दिएका थिए । जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ ।
मृतकका बुवा नन्दबहादुरले छोराको हत्यामा उल्लेखित छ जनासहित नाम, ठेगाना नखुलेका दैलेखका २ जना संलग्न रहेको भन्दै २०७९ साउन १३ गते पूरक जाहेरी दिनु भएको थियो । हत्या घटनापछि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकेपनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । मृतकका बुवा नन्दबहादुरले १५ वर्षदेखि अदालत र प्रहरी कार्यालय धाउँदा पनि न्याय पाउन नसकेको बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो








