भेरीगङ्गा (सुर्खेत), ८ माघ । कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरिय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पानल इन्जुरी (मेरुदण्ड) को सफल शल्यक्रिया गरेको छ ।
अस्पतालमा हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरिएको अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा शुभ श्रेष्ठले जानकारी दिए । उनका अनुसार तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको शल्यक्रिया हुँदै आएको छ ।
सुर्खेतमै शल्यक्रिया सेवा सुरु भएपछि कर्णालीका ढाँडसम्बन्धी बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको डा श्रेष्ठले बताए । महँगो र जटिल प्रकृतिको रोग भएकाले ढाँडको शल्यक्रिया गर्ने बिरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको उनले जानकारी दिए ।
विसं २०७९ असारदेखि सञ्चालनमा आएको उक्त कोषबाट स्पानल इन्जुरीको शल्यक्रिया गरेका बिरामीले रू एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन् । आर्थिक अभावमा बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक लागि उपचार कोष सञ्चालन गरेको जनाएको छ ।
पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवा सञ्चालन हुँदै आएका छन् । अर्पोपेडिक विभागमा हाल डा शुभ श्रेष्ठ, डा पदम गिरी, डा रवीन केसी, डा तेजेन्द्र साउद, डा किशोर कुमार विष्ट र डा हिक्मत भण्डारीसहित छ जना चिकित्सक कार्यरत छन् ।
यसैबीच हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुसीयाली मनाएको छ । कार्यक्रमका अस्पताल विकास समितिका अध्यक्ष खड्क बसेल, अस्पतालका निर्देशक डा डम्बर खड्कालगायत अर्थोपेडिक विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो । रासस
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
- समाचार२०८१ मंसिर १, शनिबार १८:५९बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न