हाँस्य बिधाको नेपालकै पहिलो रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’ फागुन ३ गतेबाट

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सीजन फागुन ३ गतेबाट प्रसारणमा आउने भएको छ । बुधबार काठमाण्डौँको पाँचतारे होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराईएको हो। पत्रकार सम्मेलनमा थ्रि प्रोडक्सनको तर्फबाट निर्देशक विशाल भण्डारी र प्रसारण संस्था कान्तिपुर टेलिभिजन विच सम्झौता पत्रमा हस्ताक्षर भए संगै कार्यक्रम प्रशारणको घोषणा भएको हो। मार्केटिङ एजेन्सि एडि रिलिज र विज्ञापनदाताहरु संग सोही कार्यक्रमा सम्झौता पत्रमा औपचारीक हस्ताक्षर भएको थियो।
यस पटक कमेडि च्याम्पियनले आफ्नो कार्यक्रममा थोरै परिवर्तन ल्याएको कार्यक्रम निर्देशक विशाल भण्डारीले जानकारी दिए। अघिल्ला २ सिजनमा डिजिटल अडिसनबाट उत्कृष्ट २४ छनौट गर्ने परम्परालाई परिमार्जित गरी सुपर ३० नामाकरण गरेका छन्। अर्थात अघिल्ला २ सिजनमा भन्दा यस सिजनमा ६ जना थप प्रतिस्पर्धीहरुलाई राखेर संख्या बढाईएको छ भने यसपछि उत्कृष्ट १५को सट्टा उत्कृष्ट १६ को छनौट हुने भएको छ। अन्य नियम भने यथावत रहेको निर्देशक भण्डारीले जानकारी गराए।
प्रसारण संस्था कान्तिपुर टेलिभिजनको प्रतिनिधित्व गर्दै सुरजसिंह ठकुरीले हाँस्यव्यङ्ग्य कार्यक्रममा गरिने सेन्सरसिपमा आफू केही हदसम्म गम्भिर र कार्यक्रमको प्रकृती दुवैलाई सन्तुलन गरेर अगाडि बढ्नेमा विश्वास दिलाए।
डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाईएको थियो । हाल उक्त अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन शुरु गरिएको जानकारी गराएका छन्।
तेस्रो सीजनमा उमेरको हिसाबले ११ वर्षकी बालिका देखि केहि सिनियर सिटिजनसम्म, तराई मूलका देखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म, यी नयाँ कमेडियनहरुको प्रस्तुती हेर्न तथा पेट मिची मिची हाँस्न अब धेरै कुर्नु नपर्ने निर्देशक भण्डारीको भनाई रहेको छ।
चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् । निर्माण पक्षका अनुसार यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोहि बराबरको गाडि जित्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार









