सामाजिक सञ्जाल सञ्चालन निर्देशिका: अनलाइनबाटै उजुरी

काठमाडौँ- सामाजिक संजालमा हुने अपराधका बारेमा पिडितहरुले अब अनलाइनबाटै उजुरी दर्ता गर्न सक्ने भएका छन् ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका , २०८० अन्तर्गत सरकारले अनलाइनबाटै सामाजिक सञ्जालमा हुने दुर्व्यवहार विरुद्ध गुनासो दर्ता गर्ने प्रक्रिया अघि बढाएको हो ।
प्रयोगकर्ताको गुनासो सुनुवाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको मन्त्रालयका सामाजिक संजाल व्यवस्थापन इकाईका प्रमुख रमेश पाण्डेले जानकारी दिनुभयो ।
।इकाईमा मन्त्रालयका कानुन अधिकृत, आइटी इन्जिनियर, दुरसञ्चार प्राधिकरण अधिकृत लगायत ५ जना सदस्यहरु रहेका छन् । इकाईले कुन र कस्ता प्रकृतिका उजुरी हो भनेर हरेपछि मात्रै कारवाहीको प्रक्रिया अघि बढाँउछ ।
त्यस्ता उजुरी साँच्चिकै हुन वा दुख दिने मनसायले गरिएको हो भन्ने बारेमा इकाइले प्रारम्भिक छानविन गर्ने प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार








