अभय र आकाश अभिनीत ‘जिग्री’ को टिजर सार्वजनिक

काठमाडौँ। अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र `जिग्री´को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । टिजरमा मुख्य पात्रका अलावा लुट चलचित्रमा पाण्डे नामले परिचित सुशील राज पाण्डे देखी थिएटरमा प्रख्यात पशुपति राईसम्मलाई देखाइएको छ । यस अघि नै चलचित्रको पोस्टर सार्वजनिक गरी फागुन ४ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।
चलचित्र `जिग्री´मा कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको छ । चलचित्रलाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा मुख्य कलाकारहरू सँगै सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।
चलचित्र `जिग्री´ वर्तमान समयको आम नेपाली दुई युवाहरूको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष चलचित्रको मुख्य विषय बस्तु रहेको छ ।
सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २६, बिहीबार १९:२३नेपाली सेनाका नयाँ अधिकृतहरुलाई राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री शाहको आग्रह
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २६, बिहीबार १८:१४‘मालती मंगले’को टिजर सार्वजनिक | Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २६, बिहीबार १०:४६बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २६, बिहीबार ०९:३१अष्ट्रेलियामा नेपाली नयाँ वर्षको अवसरमा गायिका अन्जु पन्तको सांगीतिक प्रस्तुति








