खल्ती स्थापनाको सात बर्ष पुरा, खल्तीबाट ५१ बढी हलमा सहजै टिकट काट्न सकिने

खल्ती स्थापनाको सात बर्ष पुरा, खल्तीबाट ५१ बढी हलमा सहजै टिकट काट्न सकिने

काठमाडौँ। खल्ती एपले स्थापनाको सात बर्ष पुरा गरेको छ । यो सात बर्षमा खल्ती एपले ग्राहकको विश्वास र माया पाइरहेको छ । खल्तीले विगत ३ बर्षदेखि नेपाली चलचित्रको प्रमोसनमा पनि सहकार्य गर्दै आएको छ । यो सहकार्य नेपाली चलचित्र र खल्तीका लागि सुखद बनिरहेको छ ।

३ बर्षमा खल्तीले ४० भन्दा बढी नेपाली चलचित्रसँग सहकार्य गरेको छ । यो सहकार्यले खल्तीसँगै नेपाली चलचित्रका निर्माता र कलाकारले पनि राम्रो फाइदा लिन सकेका छन् । 

खल्तीले केही नेपाली चलचित्रको टिकट काट्दा ३५ प्रतिशतसम्मको हिस्सा लिँदै चलचित्रको व्यापारमा ठूलो सहयोग गरेको छ । यस्तै, फिल्म प्रमोसनमा पनि खल्ती एपले निरन्तर सहकार्य गर्दै आइरहेको छ ।

खल्तीले चलचित्र ‘परस्त्री, हल्कारा, बिहे पास, छड्के २, छक्का पन्जा ४’ लगायतका चलचित्र रिलिजका क्रममा १० प्रतिशत क्यासब्याकको अफर ल्याएको थियो । यस्तै, फिल्म ‘बहाव’को रिलिजका क्रममा क्विज समेत राखेर खल्तीले प्रमोसन गरेको थियो । खल्तीले फिल्म ‘महापुरुष’ रिलिजका क्रममा ‘आफ्नो महजोडी’को तस्विर खिचाएर ट्याग गर्न आग्रह गर्दै यो फिल्मको २ वटा टिकट जित्ने अवसर समेत प्रदान गरेको थियो । 
फिल्म बहावका निर्माता श्रीधर पौडेलले भने–‘खल्तीले नेपाली फिल्मलाई साथ दिन थालेपछि नेपाली फिल्मको मार्केटिङ नयाँ ढंगले अगाडि बढेको छ ।

खल्ती एपबाट ५० सेकेन्डमै फिल्मको टिकट काट्न सकिन्छ । यसैले, फिल्मको टिकट खरिदमा यो एप आएपछि दर्शकलाई निकै नै सहज हुने गरेको छ । यसको फाइदा नेपाली फिल्मले उठाएका छन् । फिल्म हेर्नका लागि प्रोत्साहन दिने उद्देश्यले खल्तीले थुप्रै अफरहरू समेत सार्वजनिक गर्यो । 
खल्तीबाट ५१ वटा हलहरुका १२० वटा पर्दामा सहजै टिकट काट्न सकिने भएकाले पनि दर्शकलाई निकै सहज भएको छ । 
खल्तीले ल्याएको विभिन्न योजनामा नेपाली फिल्मका नाम चलेका कलाकारहरूले पनि सहकार्य गरे । जसबाट खल्तीका कारण दर्शक र कलाकारबिचको दुरीलाई नजिक बनाउन निकै मद्दत गरेको छ । 

७ बर्षको यात्राका क्रममा ग्राहकको राम्रो साथ पाएको खल्तीले आगामी दिनमा पनि नेपाली फिल्मसँगको सहकार्यलाई निरन्तरता दिने बताएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *