सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै : मन्त्री गुरुङ

लुम्बिनी- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआसी) विधेयक १२ बुँदे सम्झौताको जगमा टेकेर सहमतिबाटै टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभएको छ । उहाँले १२ बुँदे सझौताका मुख्य पक्ष तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)मा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।
नेपाल प्रेस युनियन रुपन्देही शाखाले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले टिआरसी विधेयकका कारण १७ वर्षदेखि शान्तिप्रक्रिया पनि अड्किएकाले यसलाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वलाई आफूले अनुरोध गरेको पनि बताउनुभयो ।
उहाँले संसद्को आगामी अधिवेशनमा यो विधेयकलाई टुङ्गोमा पु¥याउने गरी मुख्य दलहरुबीच सहमतिका लागि छलफल जारी रहेको छ भन्नुभयो । “मैले प्रमुख तीन दलका तीन नेतालाई पटक–पटक यो तपाईंहरूको सरोकारको विषय हो, यसको जसअपजस दुवै तपाईंहरुले नै पाउने हो भन्दै आएको छु”, मन्त्री गुरुङले भन्नुभयो, “यसमा केही विषयमा मात्रै मतभिन्नता छ, संसद्को आगामी अधिवेशनमा सहमति नभए प्रक्रियागत ढङ्गले टुङ््गोमा पुग्छ ।”
नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले वर्तमान सरकार पुनः गठनको विषय प्रधानमन्त्रीको अधिकारको विषय भए पनि यो गठबन्धनको सरकार भएकाले गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदा तत्काल फेरबदल आवश्यक नरहेको निष्कर्षमा पुगिएको बताउनुभयो ।
उहाँले आगामी संसद् अधिवेशन विधेयक अधिवेशन हुने र सरकारले छिट्टै सङ्घीय निजामती ऐन, शिक्षा विधेयक, प्रहरी समायोजन विधेयकजस्ता महत्वपूर्ण विधेयक टुङ्गोमा पु¥याउने स्पष्ट पार्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २२, शुक्रबार २३:४६काठमाडौं १० मा रास्वपाका प्रदिप विष्ट विजयी
समाचार२०८२ फाल्गुन २२, शुक्रबार २२:३४काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
समाचार२०८२ फाल्गुन २२, शुक्रबार १४:५६निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि
समाचार२०८२ फाल्गुन २१, बिहीबार २२:२८प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई








