आहा रारा पोखरा गोल्डकप: त्रिभुवन आर्मी क्लब फाइनलमा

कास्की- नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका थिए । थप गरिएको ३० मिनेटमा आर्मीले निर्णायक गोल गरेर फाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ६१औँ मिनेटमा आर्मीका लागि दिनेश हेमजनले फ्रिकिकमा उत्कृष्ट गोल गरे । पेनाल्टीबक्स बाहिरबाट दिनेशको प्रहारले सिधै जाली चुमेको थियो ।
चर्च ब्वाइजका सन्तोष खत्रीले दिनेशलाई लडाएपछि आर्मीले फ्रिकिक पाएको हो । यस्तै चर्च ब्वाइजका लागि खेलको ८३औँ मिनेटमा समिर तामाङले गोल गरेका थिए । यसैगरी खेलको ९९औँ मिनेटमा आर्मीका रशबहादुर मगरले निर्णायक गोल गरेका थिए ।
आर्मीले अब यही माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले रु १२ लाख एक हजार तथा उपविजेताले रु ६ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ ।
यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १५:४०एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५९पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २९, बुधबार ०९:३२चलचित्र ‘एक्लो’को कविता नेपाली फिचर्ड गीत सार्वजनिक
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा