शिक्षक सेवा आयोगको स्वायततामा विज्ञको जोड

भक्तपुर, २५ माघ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षक सेवा आयोगलाई स्वायत बनाउन मन्त्रालयले कुनै अवरोध नगर्ने बताउनुभएको छ ।
आज सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको शिक्षक सेवा आयोगको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि आवश्यक विधेयकको मस्यौदा तयार गर्न आयोगलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “आयोगलाई स्वायत बनाउन आवश्यक छुट्टै कानुन बनाउन हामी तयार छौँ, तर विधेयकको मस्यौदा बनाउने काम आयोगले गरोस, त्यसमा हाम्रो समर्थन छ, आयोगलाई स्वायतता सुनिचित गर्ने गरी कानुन बनाउन मन्त्रालयले कुनै अवरोध गर्दैन ।”
त्यसका लागि मन्त्रालयबाट गर्नुपर्ने काम भए तत्परताका साथ अघि बढाउने भन्दै उहाँले आयोगको आर्थिक र भौतिक समस्या समाधान गर्न पनि मन्त्रालय तयार रहेको बताउनुभयो ।
कार्यक्रमका वक्ताले आयोगको समस्याबारे शिक्षा मन्त्रालयको ध्यान पुग्न नसकेन भन्दै प्रश्न उठाएपछि मन्त्री राईले भन्नुभयो, “आयोगमा मन्त्रालयको ध्यान नपुगेको हुन सक्ला तर ध्यान पुगेर मात्रै हुँदैन । सीमित साधनस्रोतले पनि काम भइरहेको छ कि जस्तो लागेको छ । म मन्त्री भएपछि आयोगको एउटै पनि गुनासो सुन्न परेको छैन । यहाँ राम्रो ढङ्गले काम भएकै कारण गुनासो नआएको होला भन्ने मलाई लागेको छ ।”
शिक्षकलाई राजनीतिक दलले नै बिगारेको बताउँदै उहाँले भन्नुभयो, “म शिक्षकको प्रंशसक हुँ तर शिक्षक साथीलाई बिगारेको हामीले हो, म त्यसको .जिम्मेवारी लिन्छु, शिक्षकलाई आन्दोलन गरियो, गराइयो त्यो यथार्थ हो । अहिले सबै कुरा शिक्षकको टाउकोमा हालेर भाग्न मिल्दैन । परिस्थिति बदलिएको छ । अब आन्दोलन होइन, सबै मिलेर निर्माणमा जुट्नुपर्छ ।”
आन्दोलनका क्रममा शिक्षकसँग गरेको सम्झौता मुलुककै आर्थिक अवस्था कमजोर भएका कारण कार्यान्वयनमा आउन नसकेको बताउँदै उहाँले सरकारले शिक्षकसँग सम्झौता गरे पनि आर्थिक अभावका कारण कार्यान्वयन गर्न नसक्दा शिक्षा मन्त्रालयले गाली खाइरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले सामुदायिक विद्यालय सुधारको जिम्मा शिक्षक सेवा आयोगलाई दिनुपर्ने बताउँदै यसका लागि आयोगलाई लोकसेवा आयोगको जस्तै बनाएर लानुपर्ने औँल्याउनुभयो ।
आयोगले शिक्षकलाई लाइसेन्स दिए पनि लाइसेन्स प्राप्त शिक्षकलाई बाल मनोविज्ञानको ज्ञान भने नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षकसँग बालबालिकाको मनोविज्ञानको ज्ञान हुनुपर्छ । शिक्षकसँग लाइसेन्स छ, तर पढाउन जान्दैनन् । जबसम्म शिक्षकले विद्यार्थी बुझ्न सक्दैन तबसम्म शिक्षाको विकास हुँदैन । मैले २५ वर्षसम्म माध्यमिक शिक्षक भएर सेवा गरे, त्यो बेला तालिम थियो । अहिले कतौटी भएको छ । तालिम बढाउनुपर्छ ।”
कार्यक्रममा भाषा आयोगका पूर्वअध्यक्ष डा लवदेव अवस्थीले आयोगको पहिचान शिक्षा ऐनमा समावेश हुँदा स्वायत हुन नसकेको भन्दै आयोगलाई स्वायत बनाउने हो भने छुट्टै कानुन आवश्यक रहेको बताउनुभयो ।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आयोगले योग्य शिक्षक छनौट गर्ने मानक बनाएर काम गरेको बताउँदै आयोगले गर्ने काममा शङ्का नगर्न आग्रह गर्नुभयो । अकबरी सुनलाई कसी लगाउनुपर्दैन भन्दै उहाँले आयोगले २४ क्यारेटको शिक्षक छनौट गर्ने नीति अवलम्बन गरेकाले शुद्धता, निष्पक्षता र विश्वासनीयतामा शङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले आयोगलाई भौतिक, जनशक्ति र आर्थिक समस्या रहेको बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित







