सन्तोष र प्रियनाको ‘बयान’ ले मिलियन भ्युज पार्‍यो

सन्तोष र प्रियनाको ‘बयान’ ले मिलियन भ्युज पार्‍यो

काठमाडौँ। गायक प्रताप दास र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘बयान’ युट्युबमा मिलियन भ्युज पाउने सफलता हासिल गरेको छ। यो खुशीको अवसरमा निर्माण टिमले केक काटेर उत्सव मनाएको छ।

गीत सन्तोष सरगम अधिकारीको शब्द र सरोज पोखरेलको सङ्गीतमा तयार भएको हो। भिडियोमा जीवन र सफलताको कथा देखाउने प्रयास गरिएको छ, जसमा नुवाकोटका रमणीय दृश्यहरू कैद गरिएको छ।

भिडियोमा सन्तोष सरगम अधिकारी, प्रियना आचार्य, नारायण बिक र रुपा पुडासैनी फिचर्ड छन्। रोशन दासले निर्देशन गरेको भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। कलाकार सन्तोष अधिकारीले आफ्नो पहिलो म्युजिक भिडियोलाई दर्शकले दिएको मायाले खुसी व्यक्त गरेका छन् भने मोडल प्रियना आचार्य पनि उत्कृष्ट प्रतिक्रिया पाउँदा खुशी देखिएकी छिन्। निर्देशक रोशन दासले भने, “यो टिमले आगामी दिनमा पनि नयाँ र रोचक प्रोजेक्टमा काम गर्ने योजना बनाइरहेको छ।”

भिडियोको छायाङ्कन नितेश घतानले गरेका हुन् भने सम्पादन विनोद बमले गरेका हुन्। भिडियो सन्तोष अधिकारीको निर्माणमा तयार भएको र सरोज पोखरेलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘गौँथली’ को पोस्टरमा अरुण र सिम्रनको विवाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   10   =  

Protected by Spam Master