पाकिस्तान निर्वाचनः कुनै पनि दलको स्पष्ट बहुमत नआउने पक्का

पाकिस्तानमा गत बिहीबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम अझै आइसकेको छैन । अधिकांश स्थानको नतिजा घोषणा भइसक्दा कुनै पनि दलको स्पष्ट बहुमत नआउने देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार कुल २ सय ६५ सिटका लागि भएको निर्वाचनमा एक सय सिट जेलमा रहनु भएका पूर्व प्रधानमन्त्री इमरान खानसँग सम्वद्ध स्वतन्त्र उम्मेद्वारले जितेका छन् । दोस्रो स्थानमा अर्का पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी पिएमएलएन रहेको छ । सरिफको पार्टीले ७३ सिटमा जित हासिल गरेको छ ।
यसैगरी तेस्रो स्थानमा अर्की पूर्व प्रधानमन्त्री बेनजिर भुटोका छोरा बिलाबल अलि भुटो जर्दारीको पार्टी पिपिपी रहेको छ । पिपिपिले ५४ सिट जितेको छ । अझै ९ स्थानको नतिजा आउन बाँकी छ । मत गणनामा भएको ढिलाईको पाकिस्तानमै विरोध भइरहेको छ ।
निर्वाचनमा पहिलो र दोस्रो स्थानमा जित हासिल गरेका दुबै पूर्व प्रधानमन्त्री इमरान खान र नवाज सरिफलेले आफ्नो जितको घोषणा गरेका छन् ।
पछिल्लो परिस्थितिलाई सम्बोधन गर्दै पाकिस्तानका शक्तिशाली सेना प्रमुखले देशलाई अराजकता र ध्रुवीकरण नगर्न आग्रह गर्नुभएको छ ।
निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको पार्टी पिटिआइ सम्वद्ध उम्मेद्वारले सबैभन्दा धेरै स्थानमा जित हासिल गर्दै पहिलो पार्टी बनेको छ ।
राष्ट्रियसभामा ठूलो दल बनेसँगै पिटिआईले सरकार बनाउने प्रयास गर्ने सो पार्टीका अन्तरिम प्रमुख गोहर अलि खानले बताउनु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ८, आईतवार १५:५९तत्कालीन पर्यटन सचिव केदार अधिकारी सहित २१ जना विरुद्ध भ्रष्ट्राचारको मुद्दा
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार १४:११सिक्किमको पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपालबाट जेनीश पहारीको प्रतिनिधित्व
समाचार२०८२ चैत्र ८, आईतवार ११:२८सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो
समाचार२०८२ चैत्र ७, शनिबार २१:५३धादिङ–२ मा कांग्रेसको निर्वाचन समीक्षा : कमजोरी स्वीकार्दै सुधारका नयाँ रणनीति








