अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु

काठमाडौँ- ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको आज साँझ मृत्यु भएको जानकारी दिनुभयो ।
घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भई हाल किष्ट अस्पतालमा उपचार भइरहेको कार्कीले बताउनुभयो । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २, सोमबार १६:२३लामाचौरको अकलादेवी–लक्ष्मीनारायण मन्दिरमा नयाँ समिति चयन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २, सोमबार १४:३८झापाबाट सुरु भयो ‘पाँच पाण्डव’ को छायांकन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २, सोमबार १०:०३‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार २०:२१चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु








