धादिङको थाक्रेमा बोलेरो दुर्घटना, १ को मृत्यु, ५ घाईते

धादिङबेशी । धादिङको थाक्रेमा भएको बालेरो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । नौबिसेबाट काउलेका तर्फ जादै गरेको बा १६ च ८११३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।
सिङ्गल क्याबिनको उक्त बोलेरो सडकबाट १५० मिटर तल खसेको दुर्घटना भएको स्थानियहरुले बताएका छन् । घटनामा चालक सहित अन्य ५ जना घाईते भएका छन् ।
दुर्घटना हुँदा थाक्रे ८ काउलेका ८० वर्षिय शेर बहादुर तामाङको मृत्यु भएको छ । दिउँसो ३ बजे तिर भएको दुर्घटनामा घाईते हुनेहरुमा सोहि ठाउँका चालक विष्णु स्याङ्ताङ शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन् ।
घाईतेहरुको अहिले काठमाण्डौँ स्थित ट्रम सेन्टरमा उपचार भैरहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २५, बुधबार १०:१७संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज
खेलकुद२०८२ चैत्र २५, बुधबार ०९:२१हिजो मुम्बईविरुद्ध राजस्थान विजयी, आज दिल्ली र गुजरात भिड्दै « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २५, बुधबार ०८:३०चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न
समाचार२०८२ चैत्र २५, बुधबार ०६:४०उद्योग वाणिज्य महासंघ बागमतीको कोषाध्यक्षमा रुद्रबहादुर खत्री निर्वाचित







