सिन्धुपाल्चोकको निम्डोल क्षेत्रमा भिषण आगलागीः चौंरी गोठका मानिस र चौपाया संकटमा

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ मा पर्ने निम्डोल क्षेत्रमा बुधबारदेखि लागेको डढेलोका कारण त्यहाँ रहेका आधा दर्जन बढी चौंरी गोठका मानिस तथा चौपायाहरु संकटमा परेका छन् ।
वरीपरी भिरैभिर रहेको त्यस क्षेत्रमा सबैतिर डढेलो फैलिएपछि त्यहाँका लागि खानेपानी व्यवस्था गरिएका पाइपहरु जलेर पानी आपुर्ति बन्द हुँदा निम्डोल खर्कमा गोठ राखेर बसेकाहरु बिगत २४ घण्टादेखि खानेपानीबिहिन भएका छन् ।
नजिकको तेम्बाथान गाउँसम्म पुग्न यहाँबाट करिब तीन घण्टाको पैदलयात्रा गर्नुपर्छ । डढेलो ब्यापक रुपमा फैंलदो अवस्थामा रहेका गाउँ र खर्क आवागमन गर्ने अवस्था नरहेकोले नेपाली सेनाको अग्नी नियन्त्रक टोलीको खाँचो हुने अवस्था आएको तेम्बाथानका लाक्पा शेर्पाको भनाइ छ ।
खर्कको चारैतिर आगोले घेरेपछि यहाँका महिला तथा बालबालिकाहरु सबैभन्दा बढी संकटमा परेको चौरी गोठ धनि पेम्बि शेर्पाले जानकारी दिनुभएको छ । टेलिफोन सेवा पनि नियमित रुपमा सुचारु नहुने यस क्षेत्रमा केहिबेर अघिदेखि यो सेवा पनि अवरुद्ध हुँदा त्यहाँको जानकारी लिन कठिनाइ भइरहेको छ ।
नेपाल प्रहरी तथा नेपाली सेनाका बिपत सम्बन्धी टोलीसँग समन्वय गरी अवस्थालाइ सामान्य गराउन सबै प्रकारका प्रयासहरु अघि बढाइने प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले जानकरी दिनुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै







