गठबन्धन दलहरुबीचको सहमतिबाटै राष्ट्रिय सभाको अध्यक्ष चयन हुन्छ- काँग्रेस

काठमाडौँ- नेपाली काँग्रेसले गठबन्धन दलहरुबीचको सहकार्य आपसी छलफल र सहमतिमा अगाडि बढाउने निर्णय गरेको छ।
नेपाली काँग्रेसका पदाधिकारीहरुबीच आज भएको छलफलमा गठबन्धनमा आवद्ध दलहरुबीच आपसी छलफल र वार्ताबाट अघि बढ्ने निर्णय भएको काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
राष्ट्रिय सभामा अध्यक्षको उमेद्वारी दिने वा नदिने भन्दा पनि सत्तासाझेदार दलहरुबीच छलफल गरेर सहमति कायम गरेपछि मात्र निर्णय गर्ने निधो काँग्रेसको छ।
माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको दावी गरिरहँदा काँग्रेसले भने छलफलको तयारी गरेको हो ।
यसैगरी, पार्टीको महासमितिले पारित गरेका दस्तावेज र प्रस्तावहरुमाथि पनि छलफल भएको छ ।
काँग्रेसले पार्टीका आन्तरिक विषयलाई पनि छलफल गरेर टुंगोमा पुर्याउने भनेको छ।
काँग्रेसभित्र गठबन्धन गर्ने वा नगर्ने भन्नेदेखि हिन्दू धर्मका विषयमा समेत पेचिलो बहस जारी छ ।
महामन्त्री शर्माका अनुसार पार्टीले जिम्मेवारीबोधका साथ गठबन्धन दलहरुबीचका विषय र पार्टीभित्रकै कतिपय विषयहरु क्रमश: छलफलमा ल्याउने छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा देउवा लगायत उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पार्टीका प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









