राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला, अध्यक्षमा नेकाले उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्ण प्रसाद सिटौलालाई मनोनय गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा १ बमोजिम राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको हो । ।
यसैबीच राष्ट्रिय सभाको अध्यक्ष पदमा पनि कांग्रेसले उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको काठमाडौ बुढानिलकण्ठस्थित निवासमा बसेको पार्टी पदाधिकारीको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।
उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय सभामा रहेका नेपाली कांग्रेसका सांसदसंगको छलफल पछि मात्र टुंगो लगाइने बैठकपछि नेताहरुले जानकारी दिनुभयो ।
यसैगरि नेपाली कांग्रेसले राष्ट्रिय सभामा रहेका अन्य दलहरुसंग समेत आफ्नो उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नेभएको छ । पार्टी नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने भन्दै नेपाली कांग्रेसले राष्ट्रिय सभाको सदस्य बनाएको थियो ।
अघिल्लो गठबन्धनमा रहेको माओवादीले आफ्नै पार्टीका सांसदलाई अध्यक्ष बनाउने अडान लिएपछि गठबन्धन टुटेको थियो । नयाँ गठबन्धनले राष्ट्रिय सभाको अध्यक्ष माओवादी पार्टीलाई नै दिने सहमति गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त








