बगैँचा पतंजली योग साधना केन्द्रद्धारा टुहुरा बालिकालाई सहयोग रकम हस्तान्तरण

बगैँचा पतंजली योग साधना केन्द्रले टुहुरा २ बालिकालाई सहयोग रकम हस्तान्तरण गरेको छ । गत माघ २८ गते नीलकण्ठ नगरपालिका वडा नं ८ अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा मुत्यु भएका साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठका २ छोरीहरुलाई नगद सहयोग हस्तान्तरण गरेको हो ।
बिहीबार बगैचा योग साधना केन्द्रका अध्यक्ष बद्री सुवेदीले योग साधना केन्द्रका साधक साधिकाहरुबाट संकलन गरिएको २० हजार ७०१ रुपैँया मृतक राजकुमार श्रेष्ठका आमा मार्फत उनका छोरीहरलाइ हस्तान्तरण गरिएको बताउनुभयो ।
टुहुरो बनेका बालिकाहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यहरुबाट संकलन गरिएको रकम सहयोग गरिएको उहाँको भनाइ छ । उक्त सहयोग रकमले बालिकाहरुको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।





लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ६, आईतवार १९:३७नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना
समाचार२०८३ बैशाख ६, आईतवार १९:३६कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ६, आईतवार १४:०१‘परालको आगो’ले दर्शकमाझ गहिरो छाप छोड्ने विश्वासमा प्रकाश सपुत
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ६, आईतवार १३:५४जेठ ८ मा रिलिज हुने ‘काजी’को टिजर सार्वजनिक







