पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव चैत १६ बाट

काठमाडौँ । ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को पाँचौं संस्करण यही चैत १६ गतेदेखि आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच चैत १६ गते देखि १८ गतेसम्म पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुने जानकारी गराइयो ।
मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलतालाई फिल्ममार्फत मनाउने गरि चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा हुने यो महोत्सवमा ३७ विभिन्न देशका ६० वटा फिल्महरू सहभागी हुने बताइएको छ । साथै, महोत्सवमा फिल्म प्रदर्शन, प्यानल छलफल र मास्टर क्लास आयोजना हुने आयोजक संस्थाले बताएको छ ।
नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले महोत्सवलाई मानवअधिकार र दिगो विकास जस्ता मुद्धाहरुमा संवादको मञ्चको रुपमा पनि प्रयोग गरिने बताएका छन् ।
अध्यक्ष सुवेदी भन्छन्, ‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव, फिल्मको कलालाई मात्र नभई मानवअधिकार र दिगो विकास जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा संवादको मञ्चको रूपमा पनि काम गर्ने एउटा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हामी हर्षित छौँ । फिल्मको विश्वव्यापी भाषाको माध्यमबाट हामी सीमा पार सहानुभूति, समझदारी र सहकार्य बढाउने आशा गर्दछौँ ।’
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास
समाचार२०८२ भाद्र २६, बिहीबार २१:१६काठमाडौँ उपत्यकाभित्र भाद्र २७ गते शुक्रबार पनि निषेधाज्ञ तथा कर्फ्यू जारी रहने (सेनाको विज्ञप्तीसहित)