टेलिकम टावरमा कुकर बम बिस्फोट

सिन्धुलीमा नेपाल टेलिकमको एक टावरमा अपरिचित समुहले बम बिस्फोट गराएको छ । सिन्धुलिको सुनकोसी गाउपालिका १ दुम्जा स्थित बिपीपार्क नजिक आज बिहान बम बिस्फोट भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान तीन बजेतिर बिस्फोटको आवाज आएपछी प्रहरी चौकी दुम्जालाइ जानकारी गराइएको थियो । सो सम्बन्धी प्रहरीले अनुसन्धान गर्दा कुकर बम बिस्फोट भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रबत्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुम्जास्थित बिपि पार्कमा रहेको एनटिसीको टावरमा केही पड्किएको जस्तो आवाज आएको भन्ने खबर आएसङ्गै प्रहरी चौकी दुम्जाको टोली पुगेको थियो ।
एनटिसीको टावर रहेको कम्पाउण्ड भित्रको झ्यालमा अपरिचित समुहले कुकर बम बिस्फोट गराएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रबत्ता दहालका अनुसार कुकर बमले टावरको कम्पाउण्डको झ्यालमा सामान्य क्षती पुगेको छ ।
टावरको कम्पाउण्ड भित्र दुइओटा पेट्रोलको गन्ध आउने बोतल फेला परेको छ भने जनमुक्ती सेना नामक पर्चा फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार १५:४४नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार ११:०२आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह







